परराष्ट्रमन्त्री खनाल र नेपालका लागि बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लगायतका विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार,

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र