काठमाडौँ, १६ कार्तिक । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२६ बस्ने पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







