टिकटकमा अश्लील सामग्री प्रसारण गर्ने युवक पक्राउ

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।

परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाइएको थियो । उक्त आईडीबाट अश्लील गीतमा फोटो तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्‍याइएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट उक्त फेक टिकटक आईडी बनाई फोटो तथा भिडियोहरू अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् । उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको