१७ वर्षपछि कंगना रनौत चलचित्रमा फर्किने

काठमाडौँ, १६ कार्तिक । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत हरर चलचित्रमा फर्किने भएकी छन् । 

१७ वर्षपछि उनी एउटा हरर चलचित्रमा काम गर्दैछिन्, जसमा ‘बाहुबली’ फेम अभिनेता राणा दग्गुबाती पनि जोडिएका छन् । अभिनेता राणा स्वयंले यो प्रोजेक्टको घोषणा गरेका हुन् ।

दिल्लीमा आयोजित ‘हररकन इन्डिया २०२६’ कार्यक्रममा अभिनेता राणा दग्गुबातीले आफ्नो आगामी चलचित्रबारे अचानक ठुलो घोषणा गरे । उनले ‘स्केरी पिक्चर’ नामको हन्टेड चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । 

आफ्ना फरक शैलीका चलचित्रका लागि चिनिने तेलगु चलचित्र निर्माता एवम् अभिनेता रवि बाबुले यस चलचित्रको निर्देशन गर्नेछन्। चलचित्रमा कंगना रनौत मुख्य भूमिकामा देखिनेछन्। कंगनाले पनि आइतबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यो चलचित्रबारे जानकारी साझा गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ कार्तिक । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

एजेन्सी, १५ कार्तिक । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका

एजेन्सी, १५ कार्तिक । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र