अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

काठमाडौँ, १५ कार्तिक । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब ०५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत हरर चलचित्रमा फर्किने भएकी छन् ।  १७ वर्षपछि उनी

काठमाडौँ, १४ कार्तिक । फिल्म ‘ह्यारी पोटर’ अब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । यसको पहिलो झलक सार्वजनिक भएसँगै

काठमाडौँ, १३ कार्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको