टरिगाउँ विमानस्थलमा अब नियमित निगमको जहाज

काठमाडौँ, २६ भदौ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।

मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुुसालको भनाइ छ । “मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ”, उनले भने ।

उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा रु १२ हजारबराबर छ । हवाई सेवा बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा उपलब्ध हुने भुसालले बताए ।

टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २६ भदौ । रूपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश