परराष्ट्रमन्त्री खनाल र कार्यवाहक अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, २६ भदौ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।

राजदूत मेगनले आज भेटवार्ता गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन् ।

बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि संयुक्त राज्य अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड नेपाली रुपैयाँ) भन्दा बढी मानवीय सहायता परिचालन गरेको छ ।

भेटका क्रममा उनले बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकका साथै अन्य पीडितहरूको खोजी र उद्धारमा नेपाल सरकारले असाधारण तत्परता देखाएको भन्दै उनले आभारसमेत प्रकट गरिन् ।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायतामा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तका उपकरण तथा विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीहरू समावेश छन् ।

बाढीमा परी ज्यान गुमाएका पीडितहरूको पहिचान गर्न र उनीहरूका परिवारलाई सही जानकारी उपलब्ध गराउन अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू समेत नेपाल प्रहरीसँगै समन्वय गरेर काम गरिरहेका अमेरिकी दूतावासले जानकारी दिएको छ । आफ्ना नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको बताउँदै दूतावासले आफ्ना आफन्तबारे जानकारी लिन चाहने परिवारलाई सहयोग गर्न कन्सुलर सेवा विस्तार गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी