आजबाट ४ फिल्म हलमा

काठमाडौँ, २६ भदौ । आजदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’सँगै हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ रिलिज भएका हुन् ।

माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यसमा दयाहाङ राई र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् । लाहुरे श्रीमानको निधनपछि पेन्सन प्राप्त गर्न उनकी पत्नीले गर्नुपर्ने संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

१२८ मिनेट रनटाइमको यो फिल्म गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित रहेको बताइएको छ । थुप्रै गुरुङ भाषाका फिल्म निर्देशन गरिसकेका माओत्सेको ‘दयारानी’पछि यो दोस्रो नेपाली कथानक फिल्म हो ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘बेहुली’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममा पारस बम ठकुरी र दिब्या रायमाझीको मुख्य भूमिका छ । ड्रामा विधाको यो फिल्मको रनटाइम १७५ मिनेट छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी