आजबाट ४ फिल्म हलमा

काठमाडौँ, २६ भदौ । आजदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’सँगै हलिउडको ‘फल २ : डेड प्वाइन्ट’ र बलिउडको ‘हनुमान अंश’ रिलिज भएका हुन् ।

माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यसमा दयाहाङ राई र गौमाया गुरुङ शीर्ष भूमिकामा छन् । लाहुरे श्रीमानको निधनपछि पेन्सन प्राप्त गर्न उनकी पत्नीले गर्नुपर्ने संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

१२८ मिनेट रनटाइमको यो फिल्म गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित रहेको बताइएको छ । थुप्रै गुरुङ भाषाका फिल्म निर्देशन गरिसकेका माओत्सेको ‘दयारानी’पछि यो दोस्रो नेपाली कथानक फिल्म हो ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘बेहुली’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममा पारस बम ठकुरी र दिब्या रायमाझीको मुख्य भूमिका छ । ड्रामा विधाको यो फिल्मको रनटाइम १७५ मिनेट छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र