करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, २६ भदौ । झापाको झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका–८ का २५ वर्षीय सञ्जय चौधरी छन् । चौधरीले नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भएको प्रहरीले जनाएको छ । उनी बीएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् ।

करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २६ भदौ । रूपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश