आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : शिक्षामन्त्री

काठमाडौँ, २६ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् ।

आज मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उनले समयानुकूल र विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको बताए ।

हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापीरूपमा सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताए ।

उनले भने, “अहिले कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोग भइरहेको अवस्थामा यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयलाई पनि पाठ्यक्रममा समेट्नुपर्छ, किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक र प्राविधिक शिक्षा दिनेगरी नयाँ पाठ्यक्रम निर्माण गर्न सुझाव सङ्कलन भइरहेको छ ।”

कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम परिमार्जन गरिने भएकाले नयाँ पाठ्यक्रम निर्माणमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

सरकारले व्यापक छलफल र सुझाव सङ्कलन गरेर मात्र पाठ्यक्रम निर्माण गर्न लागेको बताउँदै उनले सबै पक्षलाई रचनात्मक सुझाव दिन आग्रह गरे । विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधान गर्न सरकारले छिट्टै विद्यालय शिक्षा ऐन ल्याउने तयारीसमेत गरिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले ऐन निर्माण भएपछि विद्यालय तहमा देखिएका विभिन्न समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,