भोटेकोशी बाढी अपडेट : एक हजार ३५५ जनाको शव फेला

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साे कुराकाे जानकारी दिएकाे हाे ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिइन् । उनको अनुसार बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीनको विवरण अद्यावधिक छ ।

उनका अनुसार, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबीच बाढीमा फसेकाहरु मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय