डिभाइडरमा जिप ठोक्किँदा चालकको मृत्यु

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बाराको  पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नं. को जिप अनियन्त्रित भई डिभाइडरमा ठोक्किन पुगेको थियो ।

डिभाइडरमा ठोक्किए जिप पल्टिन पुग्दा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका-३० प्रोसतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि बाराको परावनीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सले उनलाई मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् । उनको परावनीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र