काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज बाराको पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नं. को जिप अनियन्त्रित भई डिभाइडरमा ठोक्किन पुगेको थियो ।
डिभाइडरमा ठोक्किए जिप पल्टिन पुग्दा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका-३० प्रोसतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि बाराको परावनीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्याइएको थियो । तर चिकित्सले उनलाई मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् । उनको परावनीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






