पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ, २९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् ।

स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी

एजेन्सी, १५ असार । साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्। 

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फेरि युद्धमा फर्किन बाध्य भए इरानको अस्तित्वमा नरहने चेतावनी दिएका छन् ।

एजेन्सी, १४ असार । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ