सुकुमबासीहरुलाई निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नेता श्रेष्ठ

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता श्रेष्ठले सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्ने चेतावनी समेत उनले दिएका छन् । 

उनले भनेका छन्, “बालेन्द्र सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बलप्रयोग द्वारा अमानवीय ढंगले सुकुम्बासी हरुलाई विस्थापन गरी पुनर्वासको उचित व्यवस्थापन नभए सम्मको लागि भन्दै विभिन्न होल्डिङ सेन्टरहरुमा राखेको थियो । तर अहिले पुनर्वासको व्यवस्था बिना नैं सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ ।सुकुम्बासी हरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रुपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् ,अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी

डोटी, ११ साउन ।  भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सुदूरपश्चिम प्रदेशको डोटी

काठमाडौँ, ११ साउन । सङ्घीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार

काठमाडौँ, ११ साउन । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी