दोस्रो दिन पनि अमेरिकाद्वारा इरानमाथि बमबारी

एजेन्सी, १४ असार । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ ।

यो आक्रमण होर्मुज जलडमरूमध्य नजिकै एक व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएपछि गरिएको हो । सरकारी टेलिभिजनले धेरै प्रक्षेप्यास्त्रले दूरसञ्चार टावरहरूमा प्रहार गरेको जनाएको छ । पछिल्लो पटक सिरिक सहर र केश्म द्वीप गरि दुई स्थानमा आक्रमण भएको बताइएको छ ।

गत साता स्विट्जरल्यान्डमा समझदारीपत्रमा हस्ताक्षर भएपछि यी दुई पक्षबीच यो दोस्रो सैन्य भिडन्त हो । यसले उक्त समझदारीपत्रको भविष्य र जारी वार्ताको भविष्यबारे गम्भीर चिन्ता तथा प्रश्नहरू उठाएको छ । अहिले दुवै देशका लागि जटिल अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय