युरोपमा गर्मीबाट १ हजारबढीको मृत्यु : डब्ल्यूएचओ

एजेन्सी, १५ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् ।

युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन प्रभावित भएको छ । आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक तनावलाई प्राय: ‘मौन हत्यारा’ (साइलेन्ट किलर) का रूपमा चिनिने उल्लेख गर्दै युरोपका घर, कार्यालय र विद्यालय यस्ता चरम तापक्रम सामना गर्न तयार नभएको बताएका छन् ।

टेड्रोसका अनुसार युरोप पृथ्वीमा सबैभन्दा तीव्र रूपमा तातिरहेको महादेश हो । युरोपमा तापक्रम वृद्धि विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको छ ।

यता, फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब १ हजार बढी मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्  । आज सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौँ, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा