३ किलो चरेससहित ३ जना पक्राउ

काठमाडौँ, १५ असार । कैलालीमा साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी उपमहानगरपालिका–१ बस्दै आएका कञ्चनपुरका ५२ वर्षीय मीनराज भट्ट रहेका छन् ।

यस्तै अत्तरिया–धनगढी सडकखण्डबाट एक किलो २३६ ग्राम चरेससहित गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार राति पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा