युद्ध फेरि सुरु भयो भने इरानको अस्तित्व रहने छैन : ट्रम्प

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फेरि युद्धमा फर्किन बाध्य भए इरानको अस्तित्वमा नरहने चेतावनी दिएका छन् । उनले इरानमाथि युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाए ।

शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै अमेरिकी सेनाले युद्धविराम उल्लंघन गरेको भन्दै इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको जानकारी दिए । ‘यदि हामीलाई फेरि सैन्य कारबाही पूरा गर्न बाध्य पारियो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व समाप्त हुनेछ,’ उनले भनेका छन् ।

यसैबिच, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारहरूमा आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार ती आक्रमणहरू पनामा झन्डा बोकेको ‘किकु’ नामक तेल ट्याङ्करमाथि इरानले ड्रोन आक्रमण गरेपछि गरिएको प्रतिकार थियो ।

उक्त जहाजमा करिब २० लाख ब्यारेल कच्चा तेल रहेको बताइएको छ । अमेरिकी सेनाले आफ्नो आक्रमणमा निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण स्थल तथा बारुद बिछ्याउने क्षमतासम्बन्धी संरचनाहरूलाई लक्ष्य बनाएको जनाएको छ ।

इरानी सञ्चारमाध्यमहरूले दक्षिणी इरानका सिरिक र केश्म क्षेत्रमा विस्फोट भएको समाचार दिएका छन् । यसअघि शुक्रबार पनि अमेरिकाले एभर लभ्ली नामक जहाजमाथिको आक्रमणको जवाफमा इरानमा सैन्य कारबाही गरेको थियो । इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा प्रतिकारात्मक आक्रमण गरेको दाबी गरेको छ । बहराइनले शनिबार बिहान आफूहरू इरानी ड्रोनको निशानामा परेको आरोप लगाउँदै तेहरानले शान्ति प्रयासलाई कमजोर बनाएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ असार । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ

काठमाडौँ, १३ असार । भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । गत बुधबार केही सेकेन्डको

एजेन्सी, १२ असार । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको छ

फाइल फोटो काठमाडौँ, १२ असार । होर्मुज स्ट्रेट भएर गइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि उद्धार कार्य रोकिएको छ । आक्रमण