काठमाडौँ, २८ बैशाख । टर्कीबाट काठमाडौँ आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।
इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौँ आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो ।
त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो । उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।





