जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा, २७ बैशाख । जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् ।

बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।

जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् ।

बिरामीलाई नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको छ । बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी

एजेन्सी, १५ असार । साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्। 

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फेरि युद्धमा फर्किन बाध्य भए इरानको अस्तित्वमा नरहने चेतावनी दिएका छन् ।

एजेन्सी, १४ असार । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ