द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनासम्बन्धी उजुरी छिटो टुंग्याउन सर्वोच्चको आदेश

काठमाडौँ, १७ बैशाख । सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार कामु प्रधानन्याधीश सपना प्रधान मल्लको नेतृत्वको बुधबारको संवैधानिक इजलासले संक्रमणकालीन मुद्दाका विषयहरू लामो समय थाती राख्न नहुने भन्दै परेका उजुरीहरू छिटो टुंग्याउन निर्देशनात्‍मक आदेश जारी भएको हो ।

द्वद्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई उन्मुक्ति दिन खोजेको, पीडितको चाहनाविपरीत पदाधिकारी नियुक्ति गरेको भन्दै द्वनद्व पीडितहरु सर्वोच्च अदालत गएका थिए ।

उनीहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नियुक्त पदाधिकारीहरुको बदर माग गरेका थिए । ती मागहरुमा आदेश जारी नगरे पनि सर्वोच्च अदालतले मानवअधिकारको विषयवस्तु टुंग्याउन आयोगलाई निर्देशनात्मक आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले