काठमाडौँ, १७ बैशाख । दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१७, रामपुर चोकनजिक मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।






