निर्वाचन परिणाम असामान्य र अस्वाभाविक : प्रचण्ड

काठमाडौँ, १७ बैशाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचन परिणाम असामान्य र अस्वाभाविक भएको बताएका छन् । 

आज रुकुम पूर्व पुगेका प्रचण्डले आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसको अध्ययन, अनुसन्धान गर्नुपर्छ भन्ने नेकपाले निष्कर्ष निकालेको सुनाए । उनले भने,  “अलि असामान्य र अस्वाभाविक भएको छ । परिणामजस्तो आएको छ, त्यो पनि कैयौँ ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन ।”

 “केही ठाउँमा उमेदवारहरूले आफैँले हालेको भोट पनि नपरेको जस्तो, कतिपय ठाउँमा जित्दै जित्दिनँ भनेकाले यति धेरै भोट मलाई कसरी आएको भनेका जस्ता, कतिपय ठाउँमा भोटहरू हाम्रा धेरै थिए, कता हराए भनेको जस्तो देखिन्छ ।”

विभिन्न खाले शंका, उपशंका देखिएपछि नेकपाले यो निर्वाचन असामान्य रहेको समीक्षा गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले