विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ ।

घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ। दुबै टोलीले यसअघि दुई खेलको टी–२० आई सिरिज खेलेका थिए। जसमा सिरिज १–१ को बराबरीमा टुंगिएको थियो।

नेपाल र यूएई एसोसिएट्सका चीर परिचित प्रतिद्वन्द्वी हुन्। दुई टोलीबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेलमा सफलता प्राप्त गरेको छ।

नेपालको उच्च स्कोर २६९ रहँदा यूएईले भने नेपालविरुद्ध ३१० रन बनाएको थियो। कम स्कोरको कुरा गर्दा नेपालले यूएईलाई २०२३ मार्च १२ मा ७१ रनमै अलआउट गराएको थियो भने यूएईविरुद्ध १०३ नेपालको कम स्कोर रहेको छ। उक्त खेल २१ मार्च २०२२ मा यूएईमा भएको थियो।

शीर्ष छ भित्र पुग्न नेपालले दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने छ। यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।

जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई पछि पार्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ। २१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबियालाई तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प छैन।

अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन्। नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । काठमाडौँको कलङ्कीमा कुटपिट गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार

काठमाडौँ, २८ असोज । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१९ जे गाउँ बस्ने ४७ वर्षकी

काठमाडौँ, २८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु

काठमाडौँ, २८ असोज । काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ।