काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संसदमा नेपाली कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहने बताएका छन् ।
गृहजिल्ला झापामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रतिनिधिसभामा कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहने पनि बताए ।
उनले भने, ‘संसदमा नेपाली कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहन्छ,’ ।
उनले पार्टीका फरक विचार समूहले गरिरहेका भेलाहरूलाई अनौठो रूपमा नलिएको बताएका छन् । पार्टीको संस्थापनइतर समूहहरूले छुट्टाछुट्टै भेला गरिरहेका बेला उपसभापति शर्माको यस्तो अभिव्यक्ति आएको हो ।
उनले भने, ‘महाधिवेशनतर्फ अगाडि बढिरहँदै गर्दा कतिपय भेलाहरू, छलफलहरू भइरहेको सुन्नुहुन्छ । लोकतन्त्रमा फरक विचारहरू, फरक समूहरूले गर्न पाउने व्यवस्था छ,’ गृहजिल्ला झापामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘त्यसकारणले त्यसलाई हामीले अनौठो रूपमा लिएका छैनौं ।’ ‘निर्वाचन आयोगबाट टुंगो लागेर, सम्मानित सर्वोच्च अदालतबाट पनि टुंगो लागिसकेर नेपाली कांग्रेस आफ्नो महाधिवेशनतर्फ अगाडि बढेको छ,’ ।
शर्माले पार्टीका अग्रह नेताहरूलाई सँगसँगै लिएर जानुपर्ने र सँगसँगै लैजाने विषयमा आफूहरू गम्भीर र जिम्मेवार प्रयासमा रहेको पनि बताए । ‘हामीहरूहरू के कुरामा गम्भीर र जिम्मेवार प्रयासमा छौं भने हाम्रो उमेर जति राजनीति गरिसक्नुभएका थुप्रै अग्रजहरू हुनुहुन्छ,’ उनले भने, ‘जसलाई सँगसँगै लिएर जानु जरूरी छ । र, हामी लिएर जाने प्रक्रियामा छौं, लिएर जान्छौं ।’







