मुख्यमन्त्री सिंहद्वारा ८ अस्पतालमा अनुगमन, ५ वटा बन्द गर्न निर्देशन

जनकपुरधाम, १७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पतालको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए  ।

अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।