काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–१ का ३९ वर्षीय वीरबहादुर तामाङसहितका व्यक्तिहरू छन् । गोकर्णेश्वर–१, ओख्रेनीबाट गएराति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद पाँच लाख ५२ हजार ३०० रुपैयाँ र ६३ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।






