मौलिक संस्कृति जोगाउन मातृ शक्ति भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

दाङ, २६ असाेज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न  मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले जाति, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै मौलिक संस्कृतिको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड दिनुभयो ।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेखी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भौतिक विकासले मात्र समाज समृद्ध नहुने बताउनुभयो। उहाँले  सूचना र प्रविधिको विकाससँगै मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताउनुभयाे । उहाँले आमाले सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नयाँ पुस्ताले मातृशक्तिको गौरव गर्नुपर्ने बताउनुभयो। राष्ट्रको गौरव र पहिचान जोगाउन मौलिक संस्कृति तथा सामाजिक संस्कारको संरक्षण आवश्यक रहेको उहाँले धारणा राख्नुभयो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले संस्कार, सन्तान र समाज निर्माणमा आमाकाे महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले अभिभावकको सल्लाह र मार्गदर्शनले सामाजिक तथा राजनीतिक आन्दोलनलाई समेत सही दिशा दिने उल्लेख गर्नुभयो।

नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भयाे । एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथाेकीकी आमा रेश्मीकुमारी बुढाथाेकीकाे असाेेज १४ गते ८१ वर्षकाे उमेरमा  उपचारकाक्रममा निधन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।