प्रहरीले भन्सार कार्यालय पठायो साढे २१ किलो सुन

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ ।

यही असोज २१ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एउटा घरबाट उक्त परिमाणको सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

सुनसहित उनीहरूलाई राजस्व छलीसम्बन्धी कसुरमा कारबाहीका निम्ति शुक्रबार (असोज २३) त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको हो ।

पक्राउ पर्नेमा २७ वर्षीय हान फेल, ४७ वर्षीय होङ लोङनजिङ र ३७ वर्षीय वाङ जेङजिङ छन् । सुन तस्करीको जालोबारे भने थप अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

सुन कसरी नेपाल भित्र्याइयो भन्नेबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ । सुनलाई लेदोका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै नेपाल छिराइएको प्रहरीको प्रारम्भिक आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको प्रहरी

काठमाडौँ, २६ असोज । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिलाई