स्वास्थ्य मन्त्रालयद्वारा मेला, महोत्सवका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन नगर्न आग्रह

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला, महोत्सव र जात्रामा सुर्तीजन्य वस्तुको उत्पादक संलग्नता भएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेका हुन्  ।

कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन गर्न पाइँदैन । यही कुरा स्मरण गराउँदै मन्त्रालयले कानून विपरीत सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

मन्त्रालयले कहीँ कतै सुर्तीजन्य वस्तुको विज्ञापन वा त्यस्ता उत्पादकले प्रायोजन गरेको पाइएमा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।