(असोज ६ , काठमाडौं) । लोकप्रिय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन भएको छ ।
प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गरेका छन ।
कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताए । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उनले अनुरोधसमेत गरे ।





