त्रिशूलीमा हराएकाहरूको खोजी तीव्र पार्न संसदमा माग

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले घटनास्थलबाट आफूलाई निरन्तर पीडित परिवारको फोन आइरहेको र उनीहरूले आफन्तको शव घर भित्रै रहेको भन्दै उद्धारका लागि हारगुहार गरिरहेको बताए । 

‘मलाई त्रिशूलीबाट फोन आएको छ, परिवारका सदस्यहरूले ‘हाम्रो परिवारको लास’ यही घरभित्र छ, उत्खनन गर्न पहल गरिदिनुपर्‍यो भनिरहनु भएको छ,’ सांसद श्रेष्ठले सदनमा भने । उनले केवल नदीको सतहमा मात्र नभई आसपासका क्षेत्रमा पनि खोजी कार्यलाई विस्तार गर्नुपर्ने बताए । ‘अब सरकारले मठमन्दिर, सार्वजनिक कार्यालय र सार्वजनिक भवनहरूको क्षेत्रमा पनि उत्खनन गर्न ध्यान दिनुपर्छ,’ उनले भने । 

लामो समयसम्म खोजी तथा उद्धार कार्य जारी रहँदा नागरिकहरूमा त्रास र अन्यौलता थपिने भन्दै उनले स्रोत र साधनको अधिकतम प्रयोग गरेर छिटोभन्दा छिटो उद्धार टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । बाढीका कारण मुख्य

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र