घट्यो ग्यासको मूल्य

काठमाडौँ, १ असोज । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।

बाढीका कारण मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गरेर ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य वृद्धि गरेका थिए । अहिले कृष्णभीरमा बाटो पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य पनि घटेको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौँका लागि पिएडओ जारी गरेसँगै ग्यासको मूल्य घटेको हो ।

यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो,’ घिमिरेले भने, ‘अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ ।’

यसअघि लामो र वैकल्पिक बाटो प्रयोग गरी ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म भाडा समायोजन भई मूल्य वृद्धि भएको थियो । अब भने पुरानै मूल्य २०६० रुपैयाँ प्रति सिलिन्डर मूल्य पर्ने छ ।

देशलाई तीन क्षेत्रमा विभाजन गरी ग्यास वितरण गरिँदै आइएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट काम भइरहेको थियो । अब भने काठमाडौँ र धादिङका लागि पनि पिएडओ जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।