घट्यो ग्यासको मूल्य

काठमाडौँ, १ असोज । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।

बाढीका कारण मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गरेर ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य वृद्धि गरेका थिए । अहिले कृष्णभीरमा बाटो पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य पनि घटेको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौँका लागि पिएडओ जारी गरेसँगै ग्यासको मूल्य घटेको हो ।

यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो,’ घिमिरेले भने, ‘अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ ।’

यसअघि लामो र वैकल्पिक बाटो प्रयोग गरी ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म भाडा समायोजन भई मूल्य वृद्धि भएको थियो । अब भने पुरानै मूल्य २०६० रुपैयाँ प्रति सिलिन्डर मूल्य पर्ने छ ।

देशलाई तीन क्षेत्रमा विभाजन गरी ग्यास वितरण गरिँदै आइएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट काम भइरहेको थियो । अब भने काठमाडौँ र धादिङका लागि पनि पिएडओ जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र