माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

काठमाडौँ, १ असोज । स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही स्थानका २३ वर्षीय सरोज विकको बाँया हात र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगीएको थियो । त्यहाँबाट थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।

हाइस चालक र दुवै सवारीसाधन वालिङ प्रहरी कार्यालयको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र