कांग्रेसमा कुनै गुटबन्दी छैन : महामन्त्री पौडेल

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् । 

आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री पौडेलले पार्टीभित्रका आन्तरिक विवाद र विभाजनको शृङ्खला अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने अभियान सुरु भएको बताए । 

उनले भने, ‘हामीले पार्टीका असन्तुष्ट र बाहिर रहेका साथीहरूलाई समेत समेट्ने उद्देश्यले पहिले नै धेरै निर्णयहरू गरिसकेका छौँ,’ ‘पार्टीभित्रका साथीहरूको जे–जति गुनासा र असहमति थिए, तिनलाई सम्बोधन गर्दै सबैलाई पार्टीको मूल प्रवाहमा जोड्ने काम भएको छ।’

उनका अनुसार कार्य सम्पादन समितिको बैठकले पार्टीको सदस्यता नवीकरण र वडा अधिवेशनको प्रक्रियालाई अगाडि बढाउँदै सबैलाई समेट्ने गरी सङ्गठन निर्माणको काम सुरु गरेको छ। ‘यो बैठकले १५औँ महाधिवेशनका लागि एउटा अनुकूल वातावरण सिर्जना गरेको छ। सबै साथीहरूलाई महाधिवेशनमा सहभागी गराएर पार्टीलाई गतिशील बनाउने हाम्रो प्रतिबद्धता हो,’ उनले भने । 

पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित कार्यसमितिमा छुटेका नेताहरूलाई समेत सहभागी गराउन विशेष व्यवस्था मिलाइएको उनले जानकारी दिए । महामन्त्री पौडेलले अब कांग्रेसभित्र कुनै प्रकारको गुटबन्दी नभई सम्पूर्ण शक्ति सङ्गठन विस्तार र देशव्यापी एकता अभियानमा केन्द्रित हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष