बढ्यो राजस्व संकलन

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ)मा कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

जुन अघिल्लो आव २०८२/८३ को तुलनामा बढी हो । सो आवको भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको थियो । यस वर्ष भदौमा गत आवको भदाैभन्दा धेरै राजस्व संकलन भएको छ ।

भदौमा ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको भदौमा ७३ अर्ब ६१ करोड राजस्व उठेको थियो । गत वर्ष भदौ अन्तिम साता जेनजी आन्दोलनका कारण राजस्व संकलन केही प्रभावित बनेको थियो । यस वर्ष भदौसम्म लक्ष्यको ८५.९३ प्रतिशत राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र