बढ्यो राजस्व संकलन

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ)मा कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

जुन अघिल्लो आव २०८२/८३ को तुलनामा बढी हो । सो आवको भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको थियो । यस वर्ष भदौमा गत आवको भदाैभन्दा धेरै राजस्व संकलन भएको छ ।

भदौमा ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको भदौमा ७३ अर्ब ६१ करोड राजस्व उठेको थियो । गत वर्ष भदौ अन्तिम साता जेनजी आन्दोलनका कारण राजस्व संकलन केही प्रभावित बनेको थियो । यस वर्ष भदौसम्म लक्ष्यको ८५.९३ प्रतिशत राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । बाढीका कारण मुख्य

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष

झापा, १ असोज । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित

काठमाडौँ, १ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ