परराष्ट्रमन्त्री खनाल र डब्लूएचओ क्षेत्रीय निर्देशक बाल्खीबीच भेटवार्ता

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आज परराष्ट्र मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा डा.बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा समेत गरिन् ।

भेटका क्रममा डा.बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै आफ्नो उम्मेदवारीका लागि नेपालको समर्थनको अपेक्षा व्यक्त गरिन् ।

परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा साउदी अरेबियाबाट नेपालप्रति व्यक्त गरिएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । मन्त्री खनालले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रभाव नेपाललगायत जोखिममा रहेका विकासशील मुलुकहरूमा बढ्दै गएको विषयमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष