चुनावी सरगर्मी बढ्यो, जिल्ला दौडाहामा शीर्ष नेता

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हुँदै आफ्ना दलबाट उम्मेदवार हुने नेतालाई विजयी बनाउने रणनीति बनाउन थालेका छन् । ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता यतिबेला जिल्ला पुग्न थालेका हुन् ।

विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हुँदै रिझाउने काममा लागेका छन् । पार्टीका शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुने, विभिन्न पार्टीका असन्तुष्ट नेतालाई पार्टीमा भित्र्याउने र विपक्षी दलका नेताहरूको आलोचना गर्नमा व्यस्त भएको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष गत साता झापा, मोरङ, सुनसरीसहितका जिल्लामा पुगेर चुनावी कार्यक्रममा सहभागी भए । ती जिल्लाको कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले विपक्षी पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नुका साथै एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरेका छन् ।

काठमाडौं फर्किसकेका ओली अहिले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने तथा घोषणापत्रलाई अन्तिम रूप दिने आन्तरिक गृहकार्यमा जुटेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू जिल्लास्थित विभिन्न कार्यक्रममा सहभागी भइरहेको बताए । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अरू नेताजस्तो जिल्लाको कार्यक्रममा पुग्न सकेका छैनन् । देउवा काठमाडौंकै विभिन्न बैठक तथा कार्यक्रममा व्यस्त रहेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री देउवा पाँच दलीय गठबन्धनको बैठक र सरकारको काममा काठमाडौंमै रहेको बताए । निर्वाचन केन्द्रित कार्यक्रम पार्टीले सञ्चालन गरिरहेको बताउँदै उनले जिल्लामा केन्द्रीय सदस्यलाई परिचालन गरिएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले