करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर, १८ साउन । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो । सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ बर्षीय बिपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।  

मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन । प्रहरीले घटनाको  बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा