सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

काठमाडौँ, १७ साउन । राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) लाई अहिलेको स्थिति अन्यायपूर्ण रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने माग राख्दै कर्मचारीहरुले सोमबार सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।

सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको स्थितिमा उनीहरुले संघीय निजामती सेवा ऐनमा कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि बिहान प्रदर्शन गरेका हुन् । संघीय निजामती सेवा ऐनको मस्यौदा तयारी गरेको करिब अढाई वर्षदेखि नायब सुब्बाहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

‘न्याय सुब्बा बचाउ अभियान’ भन्दै अरु सरकारी निकायका सम्पूर्ण नासुहरुले आन्दोलनमा सहभागी भएका थिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले