‘रेणुकाले पाठकहरूमाझ ल्याइन् पहिलो नेपाली महिलाकृत ताङ्का संग्रह

(साउन १५, काठमाडौँ) । जापानी साहित्यबाट नेपालमा भित्रिएकी रेणुका भट्टराईले  महिलाकृत हाइकु संग्रह ‘साकुरा र सुस्केरा–२०५९’  अन्तर्गत ताङ्काहरू’ नामक ताङ्का संग्रह नेपाली पाठकहरूमाझ ल्याएकी छिन् ।

हाइकु साहित्यमा प्रति नेपाली लेखकहरूले चासो पछिल्लो समयमा दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । यसै क्रममा धेरै लेखकहरूले हाइकु र ताङ्का लेखनमा आफ्नो कमल चलाउँदै आएका छन् ।

ताङ्का संग्रहका केही ताङ्काहरू :
मेरो अस्तित्व
बादलको फुल्का झैँ
आँसुको वर्षा
के शरद के गृष्म
जहिले पनि उस्तै ।

हाँसेको मान्छे
पुलकित भविष्य

गोहीको आँसु
छोडिजाने समय
के संझौता गर्ने र !

यो संग्रह महिलाकृत पहिलो ताङ्का संग्रह हो । यसको प्रकाशन पेरोल साहित्य प्रतिष्ठान नेपालले गरेको हो । ११५ पृष्ठ रहेको यो संग्रहमा ८५ वटा ताङ्काहरू रहेका छन् । रंगीन कलेवरसहितको यो ताङ्का संग्रहको मूल्य रु। २५१।– रहेको छ ।

यस संग्रहभित्र हाइकु विद्यायन नेपालका अध्यक्ष वी।के। पाल्पालीले ‘रेणुकाको ताङ्कावाटिकामा एक नजर’ शीर्षक दिएर नेपाली ताङ्का र हाइकु साहित्य इतिहास र वर्तमान अवस्थाको बारेमा विश्लेषण टिप्पणी गरेका छन् । ताङ्का र हाइकु पारखी एवं अनुसन्धानकर्ताहरूको लागि यो पुस्तक उपयोगी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष