अक्सिजनको माग उच्च : ४० हजार सिलिन्डर तत्काल आवश्यक

काठमाडौँ, २२ वैशाख । कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ । दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो ।

संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ । यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन् । नेपाल अक्सिजन उत्पादक संघले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन गर्न सकिने जनाएको छ । तर, उत्पादित अक्सिजन भर्ने सिलिन्डरको भने चर्को अभाव भएको संघका अध्यक्ष गौरव शारदाले बताए ।

‘अहिले आवश्यक देखिएको अक्सिजन उत्पादन गर्न हामी सक्षम छौं’, अध्यक्ष शारदाले भने, ‘तर, हामीसँग अक्सिजन भर्ने सिलिन्डर छैन । सिलिन्डर तत्कालै उपलब्ध हुन सके हामी रातारात पर्याप्त परिमाणमा उत्पादन गर्न सक्छौं ।’ शारदाका अनुसार उपत्यकासहित देशभरको बिरामीको चापअनुसार अक्सिजन व्यवस्थापन गर्न थप ४० हजार सिलिन्डर आवश्यक छ । ‘यो संख्यामा सिलिन्डरको उपलब्धता हुन सक्यो भने अक्सिजनको समस्या समाधान हुनेछ ।’

देशभर उत्पादन गर्ने उद्योग २२ वटा छन्।यीमध्ये आठवटा उपत्यकामा छन् । ३ उद्योग बजार अभावमा बन्द भएको अध्यक्ष शारदाले बताए । नेपालगन्ज, भैरहवा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर र इटहरीमा अक्सिजन उद्योग सञ्चालनमा छन् । संघका अनुसार कोभिडको दोस्रो लहर सुरु हुनुअघि निजी क्षेत्रबाट उत्पादन हुने अक्सिजनमध्ये ५५ प्रतिशत औद्योगिक क्षेत्र र बाँकी ४५ प्रतिशत विभिन्न अस्पतालमा खपत हुने गथ्र्यो ।

एक उद्योगबाट ४७ लिटरको ५ सय सिलिन्डर उत्पादन हुन्थ्यो । निजी क्षेत्रका उद्योगबाट १०, ४० र ४७ लिटर क्षमताको सिलिन्डर उत्पादन हुँदै आएको छ । ४७ लिटरको बजार मूल्य ४ सयदेखि ६ सयसम्म र सानो सिलिन्डरको २ सय २५ रुपैयाँसम्म मूल्य तोकिएको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न सरकारलाई

काठमाडौँ, १८ बैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी