प्रतिनिधिसभामा सांसद चौधरीको कविता: ‘कठैबरा कसले होला पुछिदिने आँशु’

काठमाडौँ, २६ चैत । नेकपा एमालेकी सांसद सांसद शान्ता चौधरीले प्रतिनिधिसभा बैठकको शून्य समयमा कविता वाचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर जनलहर आउँदा विरोधीहरुको निद्रा हराउने गरेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाको कविता:

विरोधका लागि बिरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ
जनतालाई हँसाउछ, खुसी दिन्छ
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ
तव विरोधीहरुको निन्द्रा हराउँछ
विकासप्रेमीहरु अहिले खुसीले गदगद छन्
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो
धरहरा मुसुक्क मुस्कुरायो
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँशु

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष