च्याङ्बा लामा योञ्जन
ढुङ्गा कुट्छु गिटि कुट्छु घर बनाउँछु,
बिकट मेरो जन्म गाउँ शहर बनाउँछु।
दिन दिनै लुटिदै छन साथी गाउँलेहरु
साथीको मन मैले अब पत्थर बनाउँछु।
गाउँमै बसी समाज सेवा गर्ने हो अब
साथीहरुको जलेको मन मत्थर बनाउँछु।
परिश्रमको पशिनाले जिउ भिजी गनाउँदा
पशिना कै मूल्य बेच्छु अत्तर बनाउछु ।
ढुङ्गा कुट्छु गिटि कुट्छु घर बनाउँछु,
बिकट मेरो जन्म गाउँ शहर बनाउँछु।
आठराई गाउँपालिका छातेढुंगा ५ तेह्रथुम
हाल-बहराईन






