मानसिक स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री

काठमाडौँ, २६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

आज विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा मन्त्रालयले आयोजनाको गरेको कार्यक्रममा उनले मानसिक स्वास्थ्यसम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् ।

उनले भनिन् “सरकारका तर्फबाट म स्पष्ट पार्न चाहन्छु, मानसिक स्वास्थ्यको विषय हाम्रो प्राथमिकतामा छ । हाम्रो लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार र सहयोग खोज्दा अपमानित वा उपेक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु हो,” ।

उनले प्रत्येक नागरिकले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्‌बाट पारित भइसकेकाले त्यसैका आधारमा ऐन निर्माणको अघि बढाइने स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा