लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीमा केही परिवर्तन गरिएको छ । तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् ।

यसैगरी, स्पीनर शाहब आलम टिममा छन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन् । ओपनर कुशल भुर्तेल र तिव्र गतिका बलर सोमपाल कामी यसपटक पनि एक दिवसीय टोलीमा अटाएका छैनन् ।

यो शृङ्खला ओमानमा अक्टोबर ९ देखि १९ सम्म हुँदै छ । नेपालले अक्टोबर ११ र १७ मा क्यानडा तथा अक्टोबर १३ र १९ मा ओमानको सामना गर्दै छ ।

लिग–२ मा नेपालको यो अन्तिम शृंखला हो । हाल नेपाल ३२ खेलबाट २४ अंकका साथ सातौँ स्थानमा छ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शनकुमार झा, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, शाहब आलम, शेर मल्ल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको