विपद्‌मा कसैले पनि राजनीति नगरौँ : अध्यक्ष ओली

काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् ।

आज काठमाडौँमा भएको अन्तरक्रियामा राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् । उनले भने, ‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ ।’

यस्तो अवस्थामा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुने भन्दै तीनवटै सरकार, सङ्घसंस्था र परोपकारी व्यक्तिहरू मिलेर समाधान गर्नुपर्ने ओलीको भनाइ छ । तर यस्तो बेलामा पनि सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको ओलीको भनाइ छ । 

उनले भने, ‘सरकारले राज्यको सामर्थ्य कब्जा गर्‍यो । अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो’, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्दथ्यो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको

काठमाडाैँ, ११ भदाै । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले

काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।  टिजरले यो फिल्म

काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार