आफन्त गुमाएका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श आवश्यक : मन्त्री वादी

काठमाडौँ, १४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेकी छन् ।

विपद्का समयमा तत्कालै कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा पुर्‍याएको योगदानका लागि उनले रेडक्रसलाई धन्यवाद ज्ञापन गरिन् ।

विपद् व्यवस्थापनका सन्दर्भमा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वादीले मन्त्रालयले विभिन्न संघ संस्थासँग समन्वय गरी काम गरिरहेको र त्यसमा रेडक्रसको सहयोग प्रभावकारी रहेको बताइन् । मन्त्री वादीले हालको परिस्थितिमा परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘विपद्को सुरुवाती समयदेखि नै जहाँ समस्या छ, त्यहाँ रेडक्रसको टोली पुगेर समस्या समाधानमा खटिएको छ । यस प्रकारको सक्रियता र टिमवर्क आगामी दिनमा पनि जारी रहनेछ भन्ने विश्वास लिएको छु । अभिभावक नभएका बालबालिका र हिंसाको जोखिममा रहेका महिलाहरूको विषयमा रेडक्रसका संयन्त्रहरूले विशेष ध्यान दिन जरुरी छ । यस कार्यमा मन्त्रालयबाट के–कस्तो सहयोग आवश्यक पर्छ, जानकारी गराउनुहोला । हामी सहकार्यका लागि सधैँ तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र