सन्दीपले एक महिनाको तलब प्रधानमन्त्री कोषमा सहयोग गर्ने

काठमाडौँ, १४ भदौ । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन् ।

एसीसी प्रिमियर कप खेल्न मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन् ।

उनले कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शनलाई प्रभावित नेपालीका लागि समर्पित गर्ने बताएका छन् । यस्तै, एसीसी प्रिमियर कपभरि नेपालले लिने हरेक विकेटका लागि १ हजार ५०० रुपैयाँ र प्रहार गर्ने हरेक चौका तथा छक्काका लागि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र