‘पार्वती’ ले ११ लाख प्रधानमन्त्री कोषमा दिने

काठमाडौँ, १४ भदौ । प्रदर्शनरत फिल्म ‘पार्वती’ले शुक्रबार पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरिसकेको छ । यस्तोमा, निर्माताले कोषमा प्रदान गर्ने रकमबारे टुंगो लागेको छ ।

वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइबाट निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरिने भएको छ ।

केहीदिनमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गर्ने योजना रहेको जानकारी वितरक श्रेष्ठले दिए । उनका अनुसार, फिल्मले दोस्रो दिन शनिबार देशब्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको छ ।

निर्देशक नीता ढुंगानाले केही दिनअघि आफूले पैसा कमाउन मात्र नभएर कर्मको लागि पनि भोटेकोशी बाढी पीडितलाई रकम प्रदान गर्न चाहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदाै । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका